२८ जेष्ठ २०८३, बिहिबार 1781157442
विश्व

सिरियाको अर्को सहर पनि विद्रोहीको कब्जामा

दमस्कस । सिरियामा सेना हटेपछि आफूहरूले हामा सहरलाई पूर्ण रूपमा नियन्त्रणमा लिएको दाबी सिरियाली विद्रोही समूहले गरेका छन् । इस्लामिक चरमपन्थी विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस)का नेता अबु मोहम्मद अल–जवलानीले हामामा जीतको घोषणा गरेका छन् ।

सहरमा ‘कसैसँग पनि बदला नलिने’ उनले बताएका छन् । यसअघि विद्रोहीहरू र उनका सहयोगीहरूले हामाको केन्द्रीय कारागार कब्जा गरेका थिए ।  भीषण लडाइँका बीचमा उनीहरूले सो जेलका कैदीहरूलाई रिहा गरेका थिए । एलेप्पोबाट ११० किलोमिटर दक्षिणमा अवस्थित हामामा करीब १० लाख मानिस बस्छन् ।