७ भदौ २०८३, आइतबार 1787544696
समाचार

ई ट्रान्सपोटेसनको सेवा लुम्बिनी प्रदेशमा सुरु

बुटवल । ढुवानी  सेवालाई परिष्कृत र डिजिटलाईसेजन गर्ने उद्देश्यका साथ तिलोत्तमा १३ पत्थर डाँडामा प्रधान कार्यालय रहेको ई–ट्रान्सपोर्टेसन सर्भिसले सेवा सुरुवात भएको छ । लुम्बिनी प्रदेशलाई मुख्य कार्यक्षेत्र बनाएको ई–ट्रान्सपोर्टेसन सर्भिस काठमाण्डौमा पनि विस्तार गरिने लक्ष्य लिएको ई–ट्रान्सपोर्टेसन सर्विसका प्रमुख कार्यकारी अधिकृत लोकराज पोखरेलले जानकारी दिए। ई–ट्रान्सपोर्टेसन सर्विसले बुटवलमा पत्रकार गर्दे आइटी इन्जिनियर समेत रहेका प्रबन्ध निर्देशक सन्तोष मण्डलले मोबाइल एप्स मार्फत यातायातको  साधनाको रूपमा रहेको ढुवानी व्यवसायलाई थप व्यवस्थित बनाउने  ई–ट्रान्सपोर्टेसन सर्विसको मुख्य उद्देश्य रहेको बताए ।  उनले पहिलो चरणमा मोबाइल एप्स मार्फत सर्भिस भेईकल्स, मिनी ट्रक, ट्रक, एम्बुलेन्सका साधानहरु जोडिएको जानकारी दिए । मोबाइल एप्स मार्फत सेवाग्राहीहरुले जसबाट सेवा लिन सक्ने छन् भने ट्रान्सपोर्ट कम्पनीहरूले सोही एप मार्फत निःशुल्क रूपमा दर्ता गर्न सकिने जनाइएको छ ।

ई–ट्रान्सपोर्टेसन सर्भिस मार्फत ढुवानी सेवाको लागि साधान मगाउन सकिने छ भने गाडीको मर्मत संहारको लागि पनि मेकानिक मगाउन सकिने व्यवस्था गरिएको छ । यस्तै पेट्रोल पम्प लोकेसन समेत राखिएको छ । सबै खाले गाडीको कागजपत्र नवीकरण लगायतको विवरण समेत एप मार्फत जानकारी लिन सकिने  गरी निर्माण गरिएको ई–ट्रान्सपोर्टेसन सर्भिसले जनाएको छ । १ करोड लागतमा निर्माण गरिएको ई–ट्रान्सपोर्टेसन सर्भिसको प्रधान कार्यालय तिलोत्तमा १३ पत्थर डाँडामा रहेको छ भने बुटवल ११ कालिका नगरमा शाखा, तिलोत्तमा ३ योगी कुटीमा शाखा, ओमसतिया २ पडसरीमा  समेत शाखा विस्तार गरिएको छ । पहिलो चरणमा बुटवल उपमहानलपारिका, तिलोत्तमा नरपालिका, सिद्धार्थनगर नगरपालिमा रहेका एम्बुलेन्ससमेत  एपमा समेटिएको जानकारी दिँदै उनले निकट भविष्यमा अन्य स्थानमा समेत विस्तार गरिने बताए ।