१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 4:13 pm
पालिका

काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन

सूचना प्रेस २०८१ पुस १ सोमबार ००:००, १०:१२ बजे १ मिनेट पढाइ

काठमाडौं-काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन भएको छ। पूर्वमन्त्रीसमेत रहेका ८५ वर्षीय सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको हो।

सिंह लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए । २०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।

उहाँ पछिल्लो समय गणेशमान सिंहका छोरा एवम् वर्तमान उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आएका थिए। उहाँको निधन पनि प्रकाशमान निवासमै भएको हो।