२८ जेष्ठ २०८३, बिहिबार 1781188379
Banner

जीबी राईसहित १९ विरुद्ध दोस्रो मुद्दा दर्ता, रवि विरुद्ध आइतबार मात्र

काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा  दुई चरणमा अभियोग पत्र दर्ता गर्ने भएको छ। सरकारी वकिलको कार्यालयले शुक्रवार सहकारीका तत्कालीन अध्यक्ष एवं ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ भने बाँकी प्रतिवादी विरुद्ध आइतबार मुद्दा गराउने तयारी गरेको छ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीका प्रमुख कमला काफ्लेका अनुसार हदम्याद नभएकाले केही प्रतिवादीविरुद्ध आज पूरक अभियोग पत्र दर्ता भएको र बाँकीको हकमा आइतबारसम्म म्याद भएकाले दर्ता हुनेछ। शुक्रवार ३ बजेसम्म कार्यालय समय भए पनि अन्तिम समयमा अदालत पुगेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको हकमा अर्को अभियोग पत्र पेस हुनेछ। आज मुद्दा दर्ता भएका सबै प्रतिवादीहरू फरार रहेका छन् । केहीको हकमा सम्पत्ति शुद्धीकरणको अभियोग पनि दाबी गरिएको छ ।