काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को मंसिरसम्म २० अर्ब ७७ करोड रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार साउनदेखि मंसिरसम्म अटोमेटिक रुटबाट २ अर्ब १३ करोड रुपैयाँ लगानीका लागि प्रतिबद्धता आएको छ । अप्रुभल रुटबाट १८ अर्ब ६४ करोड रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आएको छ ।
गत आवको मंसिरसम्म २० अर्ब ६१ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । मंसिरसम्म ३ सय १९ उद्योग दर्ता भएका छन् । यसमध्ये अटोमेटिक रुटबाट १३८ र अप्रुभल रुटबाट १८१ उद्योग दर्ता भएको विभागले जनाएको छ । दर्ता भएकामध्ये ३१२ साना उद्योग हुन् । ४ मझौला र ३ वटामात्र ठूला उद्योग हुन् ।