२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 8:24 am
विश्व

दिल्लीकी मुख्यमन्त्री आतिशी पक्राउ पर्ने केजरीवालको दाबी

सूचना प्रेस २०८१ पुस १० बुधबार ००:००, १५:५४ बजे १ मिनेट पढाइ

नयाँ दिल्ली । आम आदमी पार्टी (आप)का संयोजक अरविन्द केजरीवालले दिल्लीकी मुख्यमन्त्री तथा पार्टी नेता आतिशी पक्राउ पर्ने बताएका छन् । मुख्यमन्त्री आतिशी र अरविन्द केजरीवालले संयुक्त पत्रकार सम्मेलन गरेका  थिए । तीन–चार दिनअघि ईडी, आयकर विभाग र सीबीआईको बैठक भएको र दिल्लीकी मुख्यमन्त्री आतिशीलाई पक्राउ गर्न र नक्कली मुद्दा दायर गर्नुस् भनेर माथिबाट आदेश आएको आफ्नो स्रोतबाट थाहा पाएको केजरीवालले बताएका थिए ।

भाजपाले दिल्लीका जनताका लागि केही नगरेको, उक्त पार्टीसँग सीएम बन्ने अनुहार मात्रै होइन उम्मेदवार र एजेन्डा पनि नभएको र दिल्लीमा उसले हार्ने दाबी केजरीवालले गरेका थिए । ‘दुई–तीन दिनअघि हामीले दुईवटा योजना घोषणा ग‍र्यौ । त्यसमा हामीले महिलालाई २१ सय रुपैयाँ र वृद्धवृद्धालाई सञ्जीवनी योजना दिने घोषणा गरेका थियौं । यसबाट भाजपा डराएको छ’ उनले भने ।