४ आश्विन २०८१, शुक्रबार 1726841806
Banner

एमाले अध्यक्ष ओलीले आज हेटौंंडामा सम्बोधन गर्नुहुने

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज हेटौंडामा सम्बोधन गर्नुहुने भएको छ । आसन्न स्थानीय चुनावी सभा तथा अन्तराष्ट्रिय श्रमिक दिवशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली हेटौंडा जाने कार्यक्रम तय भएको हो ।

हेटौंडा उपमहानगरपालिकास्थित हुप्राचौर परिसरमा उपमहानगर स्तरीय अन्तिम चुनावी सभा गर्न लागिएको एमाले मकवानपुका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिनुभयो । ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा ४० हजारभन्दा बढि जनसहभागितामा चुनावी सभा गर्ने तयारी छ’, श्रेष्ठले भन्नुभयो । त्यसअघि हेटौंडा उपमहानगरका विभिन्न चार वटा स्थानबाट पैदल ¥याली गरि हुप्राचौरमा जम्मा भएर १२ बजे कार्यक्रम शुरु गर्ने र १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रमलाई सम्बोधन गर्नु हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

सो अवसरमा पार्टी प्रवेश कार्यक्रम समेत हुने प्रसार प्रचार समितिका संयोजनक धुब्रप्रसाद चौलागाईले बताउनुभयो । उहाँले कार्यक्रममा तीन सय जनाको स्वंयमसेवा परिचालन गरिने जानकारी दिनुभयो । चुनावी सभामा १० वटै स्थानीय तहका नेता कार्यकर्ताहरु सहभागि हुने मकवानपुर एमाले पार्टी कार्यालयले जनाएको छ । हेटौंडा उपमहानगरपालिकामा मेयर पदको लागि एमालेबाट अनन्त पौडेल चुनावी मैदानमा छन् भने उपमेयरमा सुमित्रा काफ्ले छन् । पौडेल र काफ्लेले संयुक्त रुपमा चुनावी घरदैलो गरिरहेका छन् । घरदैलो कार्यक्रममा सहभागीले मेयर उपमेयर, वडा अध्यक्ष तथा सदस्यहरू घरघर पुगेर कार्यक्रममा सहभागिताको लागि समेत निमन्त्रणा गरेका छन् ।