४ आश्विन २०८१, शुक्रबार 1726835219
Banner

चुनावको मुखमै तरुण दलका क्षेत्रीय सभापति एमाले प्रवेश

काठमाडौं -स्थानीय तहको निर्वाचनको मुखमै तरुण दल ललितपुरका क्षेत्रीय सभापति निरन खड्का नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।


एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा शनिवार एमालेले ललितपुरका नेताहरुले खड्कालाई लिएर गएका थिए । पार्टी केन्द्रीय सदस्य बाबुराम थापाका अनुसार नेपाली कांग्रेसका युवा नेता एवं राष्ट्रिय खेलकुद परिषद् (राखेपका) पूर्व सदस्य समेत रहनुभएका थापालाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्नुभएको हो ।