२७ जेष्ठ २०८३, बुधबार 1781153167
विश्व

दक्षिण कोरिया विमान दुर्घटनामा परी ज्यान गुमाउने मध्ये १७४ जनाको शव सनाखत

काठमाडौं । दक्षिण कोरियाको दक्षिणपश्चिमी विमानस्थलमा आइतबार भएको एक विमान दुर्घटनामा परी मृत्यु भएका १७९ मध्ये १७४ जनाको शव फेला परेको यातायात मन्त्रालयले मङ्गलबार जनाएको छ ।

South Korean soldiers search for missing passengers near the wreckage of a Jeju Air Boeing 737-800 series aircraft after the plane crashed and burst into flames at Muan International Airport in South Jeolla Province, some 288 kilometres southwest of Seoul on December 29, 2024. A Jeju Air plane carrying 181 people from Bangkok to South Korea crashed on arrival December 29, colliding with a barrier and bursting into flames, with only two survivors rescued so far and 120 confirmed dead. (Photo by JUNG YEON-JE / AFP)

भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयले औँठाको छापबाट पहिचान हुन नसकेका ३२ पीडितमध्ये डिएनए परीक्षणबाट थप १० जनाको पहिचान भएको शोकसन्तप्त परिवारलाई जानकारी गराएको छ । बाँकी पाँच जनाको शव पहिचान हुन सकेको छैन । पहिचान भएका चार जनाको शव शोक सन्तप्त परिवारलाई हस्तान्तरण गरिएको र उनीहरुको अन्त्येष्टि कार्य सुरु भएको मन्त्रालयले जनाएको छ ।

अधिकारीहरूले यसअघि सबै शवहरू परिवारलाई हस्तान्तरण गर्न १० दिन लाग्न सक्ने बताएका थिए । जेजु एयरको बोइङ ७३७–८०० विमान सियोलबाट २९० किलोमिटर दक्षिणपश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो ।