काठमाडौं । निजी लगानीमा स्थापना भएको कालिमाटी ट्रेड सेन्टरले राजधानीको बूढानिलकण्ठमा पौने २ अर्ब रुपैयाँ लगानीमा अपार्टमेन्ट परियोजना निर्माण गरिरहेको छ । १ अर्ब ८९ करोड रुपैयाँ लागत अनुमान गरिएको परियोजना २०८२ पुसदेखि ९२०२६ डिसेम्बर० सञ्चालनमा ल्याउने लक्ष्य रहेको ट्रेड सेन्टरले जनाएको छ ।
अपार्टमेन्ट परियोजना बनाउन बैंकबाट ७० करोड ऋण, १८ करोड रुपैयाँ संस्थापकको स्वपुँजी र १ अर्ब १ करोड रुपैयाँ अपार्टमेन्ट खरिद गर्ने ग्राहकबाट अग्रिम रकम प्राप्त गर्ने लक्ष्य कालिमाटी ट्रेडको छ । संस्थापकहरुले स्वपुँजीको ७२ प्रतिशत ९१३ करोड रुपैयाँ० लगानी गरिसकेका छन् । गत मंसिरसम्म ४६ प्रतिशत वित्तीय प्रगति भएको कम्पनीले जनाएको छ । कूल लगानीको ५३ प्रतिशत रकम ग्राहकको बुकिङबाट संकलन गर्ने लक्ष्य कम्पनीको छ । अहिलेसम्म ३२ प्रतिशत बुकिङ रकम प्राप्त गरेको कालिमाटी ट्रेडले जनाएको छ ।
ट्रेड सेन्टरमा दुई संस्थाको लगानीमा रहेको छ । रियल इस्टेट व्यवसायी कालु गुरुङको रोड शो इन्भेस्टमेन्ट कम्पनी र इमेज हाउजिङ डेभलपर्सको लगानी रहेको छ । गुरुङको रियल इस्टेटमा २५ वर्ष लामो अनुभव रहेको छ । निर्माणधीन पूर्वाधार अपार्टमेन्टका साथै बिजनेस कम्प्लेक्स हुने भएको छ । कम्पनीको अध्यक्ष गुरुङ रहेका छन् । आर्थिक गतिविधि सुस्त भएका कारण अपार्टमेन्टको मागमा पनि कमी आएको छ । रियल इस्टेट परियोजनाको जीवन चक्र लामो हुन्छ र हरेक समयमा अर्थतन्त्रको अवस्थामा निर्भर हुन्छ ।
निर्माणका लागि जग्गा प्राप्तिले वास्तविक वितरणमा प्रभाव पारेको छ । व्यापारिक पक्षहरूबाट स्थानहरू, साथै विभिन्न सुविधाहरूको उपलब्धताले त्यहाँका बासिन्दाहरूलाई थप फाइदा दिन्छ ।
अपार्टमेन्ट र बिजनेस कम्प्लेक्स बनाउन सन् २०१८ मा कालिमाटी ट्रेड सेन्टरको स्थापना भएको हो । कम्पनीको बिजनेस कम्प्लेस सञ्चालनमा छ भने नयाँ निर्माणको क्रममा रहेको छ । कम्पनीले ९५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ ।
कालिमाटी ट्रेडको व्यापार ६७ प्रतिशत खुम्चिएर २ करोड ८० लाख रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्ष ५ करोड ६० लाख रुपैयाँ व्यापार गरेको ट्रेड सेन्टरले जनाएको छ । २०२२ मा ३ करोड ३० लाख र २०२१ मा २३ करोड ३० लाख रुपैयाँ व्यापार गरेको थियो ।