४ आश्विन २०८१, शुक्रबार 1726827212
Banner

राजनीतिक दलका उमेदवार मतदाताको घरदैलोमा

काठमाडौं। निर्वाचन आयोगले चुनाव चिह्न दिएपछि राजनीतिक दल मतदाताको घरदैलो कार्यक्रम सुरु गरेका छन्। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दा राजनीतिक दलले घरदैलो कार्यक्रम सुरु गरेका हुन्। निर्वाचन आयोगले चुनाव चिह्न दिएपछि राजनीतिक दलले चुनाव केन्द्रित प्रचारप्रसार तीव्र बनाएका छन्।

सूर्यविनायक नगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्षका उम्मेदवारले आइतबार नगरपालिकाको वडा नम्बर ४ को गाम्छा, दधिकोटमा चुनावी अभियान शुरु गरेका छन् । अभियानले जनतामा छुटटै उत्साह थपिएको उपमेयरका उमेदवार सरिता भटटराईले बताउनुभयो । ‘मतदाता उत्साहीत छन, काम राम्रो भएको छ हामी भोट दिन्छौ ।’ भनेर जनताले उत्साह थपेका छन् उहाँले भन्नुभयो । घरदैलो अभियानमा नेकपा एमालेका पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत, राष्ट्रिय सभा सदस्य तुलसा दाहाल, प्रदेश सभासदस्य शसी थापा, मेयर पदका उम्मेदवार बासुदेव थापा, उपमेयरका उम्मेदवार सरिता भटटराईले १८ वटा टोलमा पुगेर भोट माग्नुभएको थियो ।