४ आश्विन २०८१, शुक्रबार 1726827565
पालिका

काठमाडौंमा बढ्यो चुनावी चहलपहल

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारले चुनाव प्रचार तीव्र बनाएका छन् । नेकपा (एमाले) काठमाण्डौ महानगरपालिका ३२ नं वडामा नेकपा एमालेका महासचिव शंकर पोखरेल घरदैलो अभियानमा सहभागि हुनुभएको छ ।

साथै नेकपा एमाले उपत्यका विशेष प्रदेशका इन्चार्ज सुजिता शाक्यले घरदैलो अभियानले उत्साह थपेको बताउनुभयो । ‘जनता एमालेले गरेको विकासबाट प्रभावित छन, त्यसैले जीत एमालेको हुन्छ भन्नेमा ढुक्क छौ’ उहाँले भन्नुभयो । घरदैलो अभियानमा अध्यक्षका उमेदवार नवराज पराजुली, महिला सदस्य हिरा पोखरेल, दलित महिला सदस्य सीता बिसुन्खे, सदस्यहरू हरि बहादुर बस्नेत, भगवान बुढाथोकी लगायत स्थानीय नेताहरुको सहभागिता थियो । घरदैलो अभियानमा मतदाताले बाटोपिच गर्ने, ढलको व्यवस्थापन, खानेपानीको काम सम्पन्न गर्न सुझाब दिएका छन् ।