काठमाडौं। महालक्ष्मी विकास बैंकले अटिजम सिकाई केन्द्रलाई सहयोग गरेको छ ।
बैंकको दमक शाखाले दमक-९ स्थित सरस्वती माध्यमिक विद्यालयले सञ्चालन गरेको अटिजम सिकाई केन्द्रलाई सहयोग गरेको हो । अटिजम भएका विधार्थीहरुको शैक्षिक क्रियाकलापहरुलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग स्वरुप प्रदान गरेको बैंकले जनाएको छ ।
आज विद्यालयमा आयोजित एक कार्यत्रमका बीच विद्यालयको प्रधानध्यापकलाई सहयोग सामाग्रीहरु हस्तान्तरण गरिएको हो । हाल विद्यालयमा अध्ययनरत २४ जना अटिजम भएका विधार्थीहरु यस कार्यबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने छन् । बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र शैक्षिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।