काठमाडौँ । सांसद जनार्दन शर्माले मूल्यवृद्धिको समस्या उद्योग मन्त्रीले समाधान गर्नुपर्ने र समितिमा छलफल गर्न जरुरी नभएको बताएका छन् । उनले बुधवार प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिमा भएको छलफलमा सो कुरा बताएका हुन् । ‘मूल्यवृद्धिको समस्या उद्योग मन्त्रीले समाधान गर्ने हो, समितिको काम होइन,’ उनले भने, ‘यो सरकारले समाधान गर्ने हो ।
किन ल्याइयो सार्वजनिक लेखा समितिमा ? मूल्य वृद्धिको विषय यहाँ छलफल गर्ने होइन । हाम्रो समय बरबाद भएको छ ।’ मूल्य वृद्धि नियन्त्रण गर्न नसक्नु राज्यको कमजोरी भएको उनले बताए । यस्तै विद्युत् लोडसेडिङ आजबाट हट्नेसमेत बताए । यसैगरी सरकारी स्वामित्वको उद्योगले सिमेन्टको मूल्यवृद्धि गरेको कुरा पनि शङ्कास्पद रहेको उनले बताए