२५ श्रावण २०८३, सोमबार 1786396203
अर्थ

सिद्धार्थ बैंकको तेइसौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ( सिद्धार्थ बैंकको तेइसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा आइतबार २३औं साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाले बैंकको चुक्ता पुँजी १४ अर्ब आठ करोड ९९ लाख ८० हजार १८५ रुपैयाँको ४ प्रतिशतका दरले हुने ५६ करोड ३५ लाख ९९ हजार २०८ नगद लाभांश ९कर प्रयोजनका लागि समेत० लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

त्यस्तै, सभाले एसबीएल ८।२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर सम्बन्धित नियमनकारी निकायको स्वीकृति पश्चात् जारी गर्नेलगायत प्रस्तावहरू पारित गरेको बैंकले जनाएको छ ।

साथै, बैंकको वार्षिक साधारण सभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको तर्फबाट राहुल अग्रवाल, दिनेश शंकर पालिखे र वीरेन्द्र कुमार शाह निर्विरोध निर्वाचित भएका छन् ।

सोही दिन बसेको सञ्चालक समितिको बैठकले राहुल अग्रवाललाई बैंक सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।