१३ आश्विन २०८३, मंगलबार 9:47 am
अर्थ

मितेरी विकास बैंकले शेयरधनीलाई लाभांश वितरण गर्ने

मोरङ – मितेरी विकास बैंक लिमिटेडले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट १० दशमलव ००८३ प्रतिशत लाभान्स शेयरधनीलाई वितरण गर्ने भएको छ।

सुनसरीको धरानमा मंगलबार आयोजित बैंकको १९ औँ साधारण सभाले शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।

त्यसैगरी साधारणसभाले प्रदेशस्तरीय ‘ख’ वर्गको विकास बैंकको रुपमा स्तरोन्नती गर्ने निर्णयसमेत गरेको छ। १९ औँ साधारण सभाका क्रममा बैंकको नयाँ नेतृत्वमा अनन्तकुमार चापागाईंले पदभार ग्रहण गरेका छन्।

आगामी चार वर्षे कार्यकालका लागि बैंकको नेतृत्व गर्ने प्रमुख कार्यकारी अधिकृत चापागाईंले संस्थागत सुशासन र नियामकीय प्रावधानभित्र रहेर संस्थालाई एक सक्षम र उदाहरणीय बैंक बनाउने योजनासहित काम गर्नेमा जोड दिएका छन्।

बैंकको केन्द्रीय कार्यालयमा सञ्चालक समितिका अध्यक्ष किसन मास्केसहित सञ्चालकहरुले चापागाईंको नेतृत्वमा बैंकले उत्कृष्ट कार्य सम्पादन गर्ने विश्वास लिएको बताए।