काठमाडौँ- हिमालयन बैंक लिमिटेड र बुद्ध एयरबीच बैंकका ग्राहकहरूलाई बुद्ध एयरले सेवा दिँदै आएको विभिन्न हवाइ टिकटहरूमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
बैंक र बुद्ध एयरबीच भएको उक्त सम्झौता अनुसार बुद्ध एयरले बैंकका ग्राहकहरूलाई हवाइ टिकटहरूमा ८ प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।
हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरूले उक्त छुट प्राप्त गर्न बैंकको ग्राहकले बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।