१६ जेष्ठ २०८३, शनिबार 1780147352
कला/साहित्य

एलिनाले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा

गायिका एलिना चौहानले सम्बन्धविच्छेद मुद्दा दायर गरेकी छन् ।

शुक्रबार काठमाडौं जिल्ला अदालतमा गायिका चौहानले पति विष्णु सापकोटालाई विपक्षी बनाएर सम्बन्धविच्छेद मुद्दा दायर गरेको अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिए। 

उनले माना चामल र अंश हक दाबी छोडेर सम्बन्धविच्छेद मात्रै गरी पाउ भन्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन्। पतिले अनेक शंका-उपशंका गरेको र चरित्रमाथि नै प्रश्न उठाएको उनको आरोप छ । उनीहरूले आफ्नो प्रेम सम्बन्धलाई यही २०८१ वैशाख ५ गते विवाहमा परिणत गरेका थिए । ​एलिनाका पति अस्ट्रेलियामा बस्छन् ।