७ जेष्ठ २०८३, बिहिबार 1779396721
Banner

कमलपोखरी स्थित एक खाजा घरमा ग्यास विस्फोट, ११ जना घाइते

काठमाडौँ । काठमाडौँको कमलपोखरी स्थित एक खाजा घरमा सिलिन्डर ग्यास विस्फोट हुँदा ११ जना घाइते भएका छन् ।  केशव श्रेष्ठको घरमा सञ्चालनमा रहेको  सानदार मम सेन्टरमा अचानक ग्यास विस्फोट भएको  जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए ।

सो स्थानमा काम गर्ने ११ जना पुरुष घाइते भएका छन् । उनीहरूलाई उपचारको लागि हिमाल अस्पताल पुर्‍याइएको छ । घाइते मध्य उदयपुर घर हुने वर्ष २४ को संजोग मगर सिरियस भएकोले  हिमाल अस्पतालको एम्बुलेन्स बाट कीर्तिपुर बर्न सेन्टर पठाइसकिएको छ । अन्य घाइतेलाई प्राथमिक उपचार पश्चात् कीर्तिपुर बर्न सेन्टर पठाउने तयारी भइरहेको  प्रहरीले जानकारी दिएको छ ।