१४ असार २०८३, आइतबार 1782635113
समाचार

जापान पठाइदिन्छु भनेर एक करोड २३ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौँ : वैदेशिक रोजगारमा जापान पठाइदिन्छु भनेर रकम ठगी गर्ने महिला पक्राउ परेकी छिन्। बाँके प्रहरीले जिल्लाको बैजनाथ गाउँपालिका–५ बस्ने २३ वर्षीया तिर्सना बाठा मगरलाई नियन्त्रणमा लिएको हो। उनीमाथि बैदेशिक रोजगारमा जापान वर्किङ (कामदार) भिसामा लैजाने भन्दै विभिन्न व्यक्तिहरूसँग प्रतिव्यक्ति १४/१५ लाखको दरले एक करोड २३ लाख रकम ठगेको आरोप छ।

वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता भइ पक्राउ आदेश जारी भएकी मगरलाई इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको टोलीले पक्राउ गरि थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ।