२१ जेष्ठ २०८३, बिहिबार 1780632751
Banner

पूर्व डीआईजी जोशीलाई थुनामा पठाउन रूपन्देही अदालतको आदेश

काठमाडौँ । रुपन्देही जिल्ला अदालतले नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको मुद्दामा सोमबार अदालतमा उपस्थित भएका जोशीलाई थुनछेक बहसपछि न्यायाधीश वशिष्ट कुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

प्रतिवादीले जानी जानी कसुर नगरेको आधार नदेखिँदा हाललाई थुनामा राख्नु भन्ने आदेश भएको अदालतले जनाएको छ ।

यो मुद्दामा पूर्व डीआईजी जोशीसहित रास्वपा सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कमा अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई लगायतलाई प्रतिवादी बनाइएको छ ।

अदालतले गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई एक करोड धरौटी लिएर तारिखमा छोडेको थियो ।