२५ श्रावण २०८३, सोमबार 1786404820
अर्थ

चौधरी समूहले सार्वजनिक गर्याे आयोन वाई विद्युतीय गाडी

नेपालमा सवारी साधन बिक्रीमा आक्रामक बन्दै गएको चौधरी समुहले आज मंगलबार थापाथलीस्थित नयाँ शोरुममा जिएसी आयोन ब्राण्डको ईभी ‘आयोन वाई’ सार्वजनिक गरेको हो । नेपालमा पहिलोपटक लन्च भएको आयोन वाईको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको जनाइएको छ । यसअघि नै नेटा भी ईभी भित्र्याइसकेको उक्त समुहले छोटो समयमा राम्रो लोकप्रियता पाएको नेटापछि आयोन नयाँ ब्रान्ड भित्र्याएको हो ।

गाडीको लम्बाई ४५ हजार ३५० एमएम, चौडाई १,८७० एमएम र उचाई १,६५० एमएम रहेको छ । यसमा २७५० एमएमको ह्वीलवेस पाउन सकिने जनाएको छ । यसलाई कम्पनीले १८ र १९ इन्चको ह्वील अप्सनमा चीनमा बिक्री गर्दै आएको बताइएको छ । चिनियाँ बजारमा उपलब्ध आयोन–वाईको ग्राउन्ड क्लियरेन्स १८३ एमएम रहेको छ । कम्पनीले यसमा १० दशमलब २५ इनचको ड्राइभर इन्फर्मेसन डिस्प्ले र १४ दशमलब ६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ ।

कप होल्डर, वायरले चार्जर पनि यसमा पाउन सकिने जनाइएको छ । जीएसी एवोन वाईमा ६१ दशमलब ५ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिइएको छ । यसलाई सिंगल चार्जमा ५०० किलोमिटर गुडाउन सकिन्छ । यसमा मोटर पनि १०० किलोवाटको छ । यसको पीकटर्क भने १७६ एनएम छ ।