२८ भदौ २०८३, आइतबार 1789351353
Banner

सरकारले ल्याएका सबै अध्यादेश पारित हुन्छन् : शंकर पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको सबै अध्यादेश पारित हुने बताएका छन्। एमाले विज्ञान तथा प्रविधि विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले अध्यादेशको विरोध भयो भन्दैमा सबै प्रयास असफल हुन्छ भन्ने नठान्न आग्रह गर्दै सरकारले ल्याएको सबै अध्यादेश पारित हुने बताएका हुन्। अध्यादेशलाई अघि बढाउनका लागि अनेक विकल्प रहेकाले जसरी भए पनि राज्यको कानुनमा ढाल्ने उनले उल्लेख गरे।

अध्यादेशका माध्यमबाट सबै क्षेत्रलाई सम्बोधन गर्ने प्रयास गरेको उनको भनाइ छ। महासचिव पोखरेलले कानुन कार्यान्वयनका लागि आवश्यक परे नियमावली बनाइने स्पष्ट पारे। त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग र उद्यमशीलतालाई सूचना प्रविधिको माध्यमबाट अगाडि बढाउनका लागि नीति ल्याउने जानकारी दिए। उनले प्रविधिलाई आत्मसाथ गर्न नसकेको खण्डमा आजको विकास सम्भव नहुने जिकिर गरे।

मन्त्री भण्डारीले सन् २०२६ सम्ममा नेपाल विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुने भएकाले सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताए।