काठमाडौं : राष्ट्रिय सभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाइृ राजनीति गरेर प्रधानमन्त्री बन्न सुझाव दिएका छन् । उनले ज्ञानेन्द्रलाई पूनः राजा बन्ने चाहना परित्याग गर्नपनि सुझाव दिएका छन् । आज (आइतबार) को राष्ट्रियसभा बैठकमा बोल्दै नेता गौतमले पूर्वराजालाई दल खोलेर नै निर्वाचन आयोगमा दर्ता गराउन सुझाव दिए ।
सम्बोधनको क्रममा गौतमले भने–‘‘तपाईंले पूनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराउनुस् । २०८४ मा हुने निर्वाचनमा भाग लिनुस् निर्वाचित भइ संसदबाट प्रधानमन्त्री बन्नुस् र नेपालको चौतर्फी विकास र समृद्धि कायम गरी देखाइदिनुस् ।’


