२७ जेष्ठ २०८३, बुधबार 1781117764
समाज

मन्दिर सफा गर्न पानी बोकेको ट्यांकर भासियो

काठमाडौँ । भण्डारेश्वर मन्दिर सफा गर्न पानी बोकेर हिँडेको काठमाडौँ महानगरपालिकाको पानी टयाङकर सडक किनारामा भासिएको छ । महाशिवरात्रिका अवसरमा उक्त मन्दिर सफा गर्न महानगरपालिकाले ट्याङकरमा पानी लगेको थियो । तर पानी बोकेको ट्याङकर सिफलस्थित उकालोमा सडक किनारामै भासिन पुगेको थियो । भासिएको ट्यांकर केही समयपछि थप जनशक्ति मगाएर निकालिएको छ ।