२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 8:24 am
अर्थ

महालक्ष्मी विकास बैंकद्धारा वाकाथन सम्पन्न

सूचना प्रेस २०८१ फाल्गुन १८ आइतबार ००:००, १७:५५ बजे १ मिनेट पढाइ

काठमाडौँ । महालक्ष्मी विकास बैंकले फागुन १५ गते र १६ गते बैंकको वार्षिक कार्यक्रम तथा दुईदिने कार्यशाला अन्तर्गत दिगो बैंकिङ, संस्कृति तथा सम्पदा संरक्षणको नारा आत्मसात गर्दै बूढानीलकण्ठ नगरपालिका वडा नं १ तथा बूढानीलकण्ठ मन्दिर क्षेत्रमा वातावरणीय तथा सांस्कृतिक सम्पदा संरक्षण वाकाथनको सफल आयोजना गर्दै दिगो बैंकिङप्रति आफ्नो प्रतिबद्धता जाहेर गरेको छ।

बैंकका उच्च अधिकारी, कर्मचारी, र सरोकारवालाहरूको सक्रिय सहभागितामा सम्पन्न यस वाकाथनले वातावरणीय उत्तरदायित्व र सांस्कृतिक सम्पदाको सुरक्षा जस्ता महत्त्वपूर्ण विषयलाई प्राथमिकतामा राख्दै यस विशेष र्‍याली आयोजना गरिएको हो।

बैंकिङ क्षेत्रले दिगो वित्तीय अभ्यासहरू अपनाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न वाकाथनका सहभागीहरू ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले संवेदनशील मार्गहरू हुँदै अघि बढेको हो। यस अवसरमा हरित बैंकिङ र दिगो वित्तीय रणनीतिको आवश्यकतामाथि विशेष जोड दिइएको थियो।

महालक्ष्मी विकास बैंकले १०३ शाखा सञ्चालन गर्दै ८ लाख ग्राहकमा विश्वसनीय सेवा पुर्‍याइरहेको छ।