१० श्रावण २०८३, आइतबार 1785098531
Banner

असार १७ गते नेपालको राजनीतिमा उलटफेर आउँदैछः एमाले अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार १७ गते नेपालको राजनीतिमा उलटभेर आउने दाबी गर्नुभएको छ ।

विजयकुमारको कार्यक्रम दिशानिर्देशलाई दिएको अन्तर्वार्तामा अध्यक्ष ओलीले भन्नुभएको छ, ‘असारको महिना नेपालको राजनीतिमा उलटफेर आउँदैछ, ग्रह दशाको हिसाबले असाधारण छ । गठबन्धनका दलहरुले आफैं भताभुंग पार्ने खालको छ ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई असारको ग्रह हेराउन पनि चुनौती दिनुभएको छ । ‘म ज्योतिषी होइन, शेरबहादुर देउवाजी ज्योतिषमा विश्वास गर्नुहुनछ, उहाँलाई भन्न चाहन्छु, ज्योतिषी बोलाएर सोध्नुस् असार १७ गते कस्तो छ,’ अध्यक्ष ओलीको चुनौती छ ।

अध्यक्ष ओलीले आफूले चाहे गठबन्धन सात दिनमा भत्काउन सक्नेसमेत जिकिर गर्नुभएको छ ।