३ भदौ २०८३, बुधबार 1787155903
Banner

अध्यक्ष ओलीले प्रदेश १ का चारवटा सभालाई सम्बोधन गर्नुहुने

विराटनगर – एमाले अध्यक्ष केपी शर्मा ओलीले आज प्रदेश १ को चार स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्दै हुनुहुन्छ । 

ओलीले मोरङको विराट चोक, सुनसरीको धरान, इटहरी र इनरुवामा हुने चुनावी सभालाई सम्बोधन गर्ने उहाँको सचिवालयले जनाएको छ।  

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर एमालेले घरदैलो कार्यक्रम सम्पन्न गरिसकेको छ। घरदैलो सकेर एमालेले मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको छ। एमाले विराटनगर महानगर कमिटीका सचिव रोहित कोइरालाका अनुसार नमुना मतपत्रमार्फत सञ्चालन गरिने कार्यक्रममा निर्वाचन परिचालन कमिटीका सदस्यहरू, स्थानीय नेता कार्यकर्ता र उम्मेदवारको सहभागिता रहने छ।