१३ आश्विन २०८३, मंगलबार 3:58 pm
Banner

भोलिको संसद् बैठकमा अनिवार्य उपस्थित हुन एमालेको निर्देशन

काठमाडौं-नेकपा एमालेले भोलि (बुधबार) बस्ने संदस् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ।

भोलि दिउँसो १ बजे बस्ने संसद् बैठकमा अध्यादेश पारित गर्नको लागि पेश गर्ने भएकाले एमालेले पार्टीका सांसदहरुलाई अनिवार्य उपस्थित हुने निर्देशन गरेको हो।

त्यस्तै, नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरूलाई भोलिको बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ ।