काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले वैवाहिक जीवनमा बाँधिने भएका छन्।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले यही फागुन २२ गते विवाह गर्न लागेका हुन्।
काठमाडौंमा हुने विवाह समारोह अन्र्तगत आज मेहन्दी कार्यक्रम सम्पन्न भएको छ। अस्मिता र महेशले गत असारमा कन्सर्टको सिलसिलामा युएईको दुबई पुगेका बेला त्यहीँ इन्गेजमेन्ट गरेका थिए।


