७ जेष्ठ २०८३, बिहिबार 1779350142
Banner

गणतन्त्रको विकल्प राजतन्त्र होइन्: महासचिव पोखरेल

काठमाडौँ ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताएका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताएका हुन्।

उनले लेखेका छन्,’गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा होलान् । तर गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन । अढाई सय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो । जन आन्दोलनबाट फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान् समयलाई खेर नफालौँ ।’