७ जेष्ठ २०८३, बिहिबार 1779347572
Banner

पोखरामा कोटिहोमको भूमिपूजा नगरप्रहरीले रोक्न खोज्दा झडप

काठमाडौँ । पोखरा महानगरपालिकाले कोटीहोम महायज्ञ रोक्न खोज्दा झडप भएको छ । लेकसाइडमा कोटिहोमका लागि भूमिपुजन गर्न पोखरा महानगरले रोक्न लागेपछि झडप भएको हो । झडपमा केही नगरप्रहरी र अन्य घाइते भएका छन् 

नेपाल ट्रस्ट मातहतको बाराहीघाटमा आज मानव सेवा फाउन्डेसनले कोटिहोमका निम्ति भूमि पूजन कार्यक्रम राखेको थियो। त्यसलाई रोक्न पुगेको महानगर प्रहरी र आयोजकबिच झगडा भएको हो। अहिले बाराहीघाटमा बाक्लो संख्यामा नगर प्रहरी र प्रहरीहरू तैनाथ गरिएको छ ।