काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले टिपरहरुले कानुन नमान्दा दुर्घटनाहरु बढेको भन्दै टिपरको लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न माग गरेका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले स्थानीय तहका जनप्रतिनिहरुको लगानी भएका टिपरहरुले कानुन मान्ने नगरेको बताए ।
टिपरको व्यवस्थापनमा राज्य संयन्त्र नै कमजोर रहेको उनको भनाइ छ । सांसद झाले सीतापाइला र धार्केमा टिपर हिँड्न अनुमति नदिएको भएपनि जबरजस्ती हिँडिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले सरकारले सडक दुर्घटना न्यूनीकरण पनि गर्ने हो कि मृतकको सङ्ख्या मात्र गनेर बस्ने हो भन्दै प्रश्न समेत गरे ।


