१६ असार २०८३, मंगलबार 1782872661
Banner

प्रचण्डले दुर्घटनाको धम्की दिनु पराजयको स्वीकारोक्ति हो : अध्यक्ष ओली

इटहरी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा रेनु दाहाल नजिते मुलुक दुर्घटनामा जाने भनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्ति पराजयको स्वीकारोक्ति मात्र रहेको बताउनुभएको छ ।

चुनावी अभियानका क्रममा इटहरी पुग्नुभएकाका ओलीले एमाले उम्मेदवारको पक्षमा मत माग्दै प्रचण्डले दुर्घटनाको धम्की दिएपनि अन्तिमा चिसै पानीले नुहाउँने बताउनुभयो ।

ओलीले भन्नुभयो, ‘पुष्पकमल दाहालले दुर्घटनाको धाक धम्की नदिए हुन्छ । अन्तिममा उनले चिसै पानीले नुहाउने हो । देउवालाई धम्की दिन सक्नुहुन्छ । हिजो पनि धम्की दिनुभएछ क्यारे, प्रचण्डको छोरीलाई मैले उम्मेदवार बनाएको हो, उहाँले होइन भनेर धामी बके झैं बक्नुभएछ देउवाजी ।’

ओलीले गठबन्धनका नाममा छोरी, बुहारी, श्रीमतीलाई महिला कोटा दिलाउने गठबन्धनले अन्यत्र महिला उम्मेदवारबाट बन्चित गरेको बताउनुभयो ।