३१ श्रावण २०८३, आइतबार 1786940779
अर्थ

सिटिजन लाइफ वीमेन्स फोरमद्वारा अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न

काठमाडाैँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीकाे  वीमेन्स फोरमद्वारा अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न भएकाे छ ।

आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा, ११ जना सदस्य सहितको वीमेन्स फोरमको गठन गरेको यस कम्पनीले कम्पनीमा कार्यरत महिला कर्मचारीहरूलाई उत्कृष्ट कार्यस्थल बनाउन समन्वय गर्ने, त्यसबारे आवश्यक पहल गरी त्यस्ता विषयहरू माथि छलफल गर्ने र समस्याहरू देखिएमा समाधान प्रदान गर्न आवश्यक भूमिका खेल्ने उद्देश्यले यो फोरम गठन गरेकाे थियाे।

फागुन २४ गते, कम्पनीको प्रधान कार्यालय, थापाथलीमा, हरेक वर्ष मार्च ८ गतेका दिन मनाइने अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी ‘रचनात्मक साहित्यिक प्रतियोगिता’ तथा अतिथि दीपा दाहाल (उपकार्यकारी निर्देशक– नेपाल धितोपत्र बोर्ड) को सत्र राखी कार्यक्रम सम्पन्न गरेको छ।