११ आश्विन २०८३, आइतबार 1:53 am
अर्थ

नेपाल इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने

काठमाडौं। नेपाल इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको शनिबार बसेको बैठकले सेयरधनीलाई १५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

इन्स्योरेन्सका सेयरधनीले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट २४ करोड ६६ लाख ३६ हजार २९० रुपैयाँ बराबरको बोनस सेयर प्राप्त गर्नेछन्।

इन्स्योरेन्सले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०।७९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। कम्पनीको चुक्ता पुँजी हाल १ अर्ब ६४ करोड ४२ लाख रुपैयाँ छ।