१० श्रावण २०८३, आइतबार 1785106832
राजनीति

काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन्। पोखराबाट चार्टर जहाजमार्फत आएका पूर्वराजा ज्ञानेन्द्रको काठमाडौंमा भव्य स्वागत गरिएको छ।

पूर्वराजा शाहलाई पोखरा विमानस्थलमा समर्थकहरूले काठमाडौंका लागि बिदाइ गरेका थिए। समिट एयरको चार्टर जहाजमार्फत पूर्वराजा शाह काठमाडौं पुगेका हुन्। समर्थकले शाहलाई निर्मल निवास पुर्‍याउनेछन्।