२८ भदौ २०८३, आइतबार 1789340323
अर्थ

सजिलो नेटको ब्राण्ड एम्बेस्डरमा लोकगायक बद्री पंगेनी

काठमाडौं । इन्टरनेट सेवा प्रदायक सजिलो नेटले लोकगायक बद्री पंगेनीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेस्डरमाको रूपमा चयन गरेको छ। आज सम्पन्न सम्झौतासँगै, लोकगायक बद्री पंगेनीलाई ब्राण्ड एम्बेस्डरमा बनाएकाे हाे  ।

 सजिलो नेट उच्च गतिको भरपर्दो इन्टरनेट सेवा सुलभ मूल्यमा प्रदान गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ।

‘सजिलो नेटका लागि इन्टरनेट केवल प्रविधिमै सीमित छैन, यो हाम्रो संस्कृति, परम्परा र जनजीवनलाई जोड्ने एउटा महत्वपूर्ण माध्यम पनि हो,’ सजिलो नेटका प्रमुख कार्यकारी अधिकृत सतीश कार्कीले भने, ‘बद्री पंगेनीज्यूको संगीतले जस्तै हामी पनि नेपालीहरूबीचको दूरी घटाउँदै सबैलाई सरल, सुलभ तथा सुपथ इन्टरनेट सेवा मार्फत जोड्ने प्रयास गरिरहेका छौँ।’