२० भदौ २०८३, शनिबार 1788634027
Banner

एक दिवसीयमा जिम्बावेबिरुद्ध नेपालको सानदार जित

काठमाडौं : जिम्बावे ए विरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले सानदार जित निकालेको छ। 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले ९ विकेटको जित निकालेको हो। जिम्बावेले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले ११ दशमलब २ ओभरमै एक विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका सुनिल धमलाले ३८ रन बनाए भने आसिफ शेख ३४ तथा विनोद भण्डारी ४ रनमा अविजित रहे। यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको पाहुना टोली जिम्बावे ३१ दशमलब १ ओभरमा ८७ रनमा अलआउट भयो।

जिम्बावे ए लाई सस्तैमा समेट्ने क्रममा करण केसीले १७ र सोमपाल कामीले १६ रन दिएर ३–३ विकेट लिए। सन्दीप लामिछानेले दुई तथा सागर ढकालले एक विकेट लिए। 

जितसँगै तीन खेलको श्रृखंला १–१ को बराबरी भएको छ। निर्णयका लागि तेस्रो तथा अन्तिम खेल कुर्नुपर्ने भएको छ। 

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीमा स्वरुप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो। यसअघि नेपाल र जिम्बावे ए बीच भएको तीन खेलको टी–ट्वान्टीसिरिज १–१ को बराबरीमा सकिएको थियो।