६ आश्विन २०८१, आइतबार 1727061490
Banner

माओवादी नेता घिमिरे एमाले प्रवेश

काठमाडौं- स्थानीय तहको निर्वाचन मिति नजिकिदै जाँदा नेकपा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गर्ने क्रम दैनिक रुपमा हुन थालेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरी रेनु दाहाललाई जिताउन देशैभर कांग्रेससँग आत्मसमर्पण गरेको भन्दै काठमाडौंका प्रभावशाली एक जना नेता प्रचण्ड नेतृत्वको माओवादी त्यागेर आजबाट एमाले प्रवेश गर्नुभएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३२ का प्रभावशाली नेता भरत घिमिरे आज आफ्नो टीमसहित एमाले प्रवेश गर्नुभएको हो । एमाले केन्द्रीय कार्यालयमा उहाँलाई महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गर्नुभयो ।

महासचिव पोखरेलको हातबाट खादा र टीका लगाएर एमाले प्रवेश गरेपछि पोखरेलले प्रचण्ड कम्युनिष्ट आन्दोलनकै गद्धार देखिएको र प्रतिक्रियावादीसामू मिलेर नेपालको कम्युनिष्ट आन्दोलन सकाउने षडयन्त्रमा लागेको प्रष्ट भइसकेपछि एमाले रोजेको बताउनु भयो ।