१५ श्रावण २०८३, शुक्रबार 1785504137
राजनीति

राजा ल्याउने समितिको सल्लाहकारमा राखेको भन्दै डा. राजेश अहिराजको असन्तुष्टि

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको सल्लाहकारमा आफ्नो नाम राखिएको भन्दै डा. राजेश अहिराजले असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै समिति र समितिका सल्लाहकारको नामावली सार्वजनिक गरिएको थियो । तर, उक्त समितिको सल्लाहकारमा आफू नभएको, आफूसँग कुनै सल्लाह पनि नगरिएको अहिराजले  बताए । ‘मलाई सल्लाहकार समितिमा बस्नु भनेर उहाँहरूले भन्नुभएको पनि छैन, मैले कुनै सल्लाह पनि दिएको छैन,’ उनले भने, ‘यो जानकारी नै मैले अहिले मात्रै थाहा पाएँ ।’

राजावादीहरूले गठन गरेको निर्देशक समितिमा नवराज सुवेदी (संयोजक), अस्मिता भण्डारी (सदस्य), कमल थापा (सदस्य), केबरबहादुर विष्ट (सदस्य), दुर्गा प्रसाई (सदस्य), पशुपति शमशेर राणा (सदस्य), प्रकाशचन्द्र लोहनी (सदस्य), रमा सिंह (सदस्य), रविन्द्र मिश्र (सदस्य सचिव), राजेन्द्र लिङ्देन (सदस्य) र हरिबहादुर बस्नेत (सदस्य)को नाम प्रस्तावित गरेको छ। निर्देशक समितिको प्रमुख सल्लाहकारमा डा. जगमान गुरुङ तथा सल्लाहकारमा बुद्धिराज बज्रचार्य, डा. शास्त्रदत्त पन्त, डा. राजेश अहिराज र खेमराज राई रहेको उल्लेख छ ।