मोरङ । मोरङको रमाइलो क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका अनीश कार्की विजयी भएका छन् । उनले नेविसंघका उम्मेदवार मदन कार्कीलाई १ मतले पराजित गरेका हुन् ।

अनिशले ५६ मत ल्याउँदा मदनले ५५ मत ल्याएका छन् । यस्तै सचिवमा पनि अखिल क्रान्तिकारीका शिशिर कोइरालाले ६२ मत ल्याएर विजयी भए । सचिवका नेविसंघका उम्मेदवार जितेश खड्काले ४८ मत ल्याए । यसअघि उक्त क्याम्पसमा अनेरास्ववियुले प्यानलै जितेको थियो ।