७ जेष्ठ २०८३, बिहिबार 1779394699
Banner

परराष्ट्र मन्त्री राणा र भारतीय विदेश मन्त्री जयशंकरबीच भेटवार्ता

दिल्ली, चैत ५ गते। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबिच मंगलबार नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ। 

भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागिताका लागि नयाँ दिल्लीमा रहनुभएकी मन्त्री डा. राणा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच आज सो भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएका छ।

उक्त भेटका क्रममा उहाँहरुबिच नेपाल भारत ऐतिहासिक द्विपक्षीय सम्बन्ध, दुई देशका साझा चासो र आपसी हितकासाथै पारस्पारिक लाभका विभिन्न विषयमा कुराकानी भएको छ।  भेटका क्रममा मन्त्री डा. राणाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको र आगामी दिनमा पनि दुवै देशको साझा हितका लागि भारतसँग सहकार्य गर्न नेपाल सदैव इच्छुक रहेको बताउनुभएको छ।

नेपाल र भारतबीचका पछिल्लो समयमा जारी रहेका द्विपक्षीय भेटवार्ता, भ्रमणको आदानप्रदान तथा आपसी सहकार्यका साथै दुई देशका बिचको ट्रेड ट्रान्जिट तथा जलस्रोत विकासका क्षेत्रमा भएका प्रगतिका बारेमा पनि सो भेटका क्रममा कुराकानी भएको थियो।