२५ श्रावण २०८३, सोमबार 1786416069
अर्थ

चीन र भारतबाट १८ करोड बराबरको पापड आयात

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म (८ महिना) मा १८ करोड बराबरको पापड  आयात भएको छ । सो अवधिमा ७ लाख ८६ हजार ४५७ किलो पापड १८ करोड ८२ लाख ५४  हजार रुपैयाँ बराबरमा आयात भएको भन्सार विभागले जनाएको छ ।

यसमध्ये भारतबाट १८ करोड ८२ लाख ३५ हजार रुपैयाँको ७ लाख ८६ हजार ३१४ किलो पापड आयात भएको हो । यस्तै चीनबाट १८ हजार रुपैयाँ बराबरको १४३ किलो पापड आयात भएको  विभागको तथ्यांकमा उल्लेख छ । सो परिमाणमा पापड आयात हुँदा १० करोड १३ लाख ३ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।