४ आश्विन २०८१, शुक्रबार 1726838054
Banner

बुढाबुढीलाई माया गर्ने पार्टी एमाले हो भन्र्दै सडकमै आएर नाचे ज्येष्ठ नागरिक (तस्विरहरु)

भक्तपुर । स्थानीय तहको निर्वाचन आउन अब चार दिन मात्र बाँकी छ । निर्वाचन नजिकिएसँगै राजनीतिक दलका नेताहरु घरदैलो, ¥याली र भेटघाटको चटारोमा व्यस्त छन् । यसै क्रममा आज सूर्यविनायक नगरपालिका वडा नं १० चिक्तपोल भक्तपुरमा नेकपा एमालेका नेताहरुले गाउँ गाउँ घुम्ने कार्यक्रम राखेका थिए ।

घरदैलो अभियानका क्रममा अधिकांश सडकमा त्यहाँका ज्येष्ठ नागरिकले उमेदवारलाई आर्शिवाद दिन हँसिलो अनुहारमा बसेका देखिन्थे । घरदैलो अभियानमा नेकपा एमालेका पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतलाई अंगालो हाल्न खोज्दै बृद्ध आमाहरु सकि नसकि नाचेका थिए । मेयरका उमेदवार बासुदेव थापा, उपमेयर उमेदवार सरिता भटटराईको शिरमा हात राख्दै बुढाबुढीलाई माया गर्ने पार्टी एमाले भएकाले जितेर आउन शुभकामना दिएका थिए । प्रत्येक सडकमा भेटिएका ज्येष्ठ नागरिकको आर्शिवादले मेयर उपमेयरका आँखापनि रसाएका देखिन्थे । मुस्किलले हिडन खोज्ने कतिपय आमाहरु बीच सडकमै कुर्सी राखेर उमेदवार र घरदैलोमा हिडेका नेता कार्यकर्तालाई हौसला दिइरहेका थिए । सय रुपैयाँबाट शुरु भएको वृद्ध भत्ता एमालेकै कारण अहिले चार हजार थाप्ने गरेको बताउदै ज्येष्ठ नागरिकको आशिष लागोस भन्दै उमेदवारलाई ज्येष्ठ नागरिकले उत्साह थपेका थिए ।