काठमाडौ- डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा ६६ जनाको मृत्यु भएको छ । घटनामा अन्य १ सय ५० जनाभन्दा बढी घाइते भएको अधिकारीहरूले बताएका छन् ।

राजधानीको चार्चित नाइट क्लबको छल खसेर भग्नावशेषमा परिणत भएको हो । मृत्यु हुनेमा पूर्व बेसबल खेलाडी अक्टाभियो डोटेल समेत रहेका छन् । ५१ वर्षीय डोटेललाई भग्नावशेषबाट निकालेर अस्पताल लैजादै गर्दै बाटोमै मृत्यु भएको हो ।
डोनिनिकन रिपब्लिकका लेकप्रिय गायक रुबी पेरेजको कन्सर्ट भइरहेका बेला सो दुर्घटना भएको हो । भग्नावशेषमा हराइरहेका मध्ये गायक पेरेज पनि रहेका छन् । कन्सर्टमा सयौंको संख्यामा मानिसहरु भेला भएका बेला दुर्घटना भएको हो ।
भग्नावशेषबाट मानिसहरुको उद्दारका लागि झण्डै ४ सय उद्दारकर्ताहरु परिचालन गरिएको छ । ठूलो संख्यामा मानिसहरु फसेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका रहेका छ । छत खस्नुको कारण थाहा हुन सकेको छैन ।