२९ भदौ २०८३, सोमबार 1789379795
Banner

राजावादीभन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा राम्रो हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरूलाई प्रधानमन्त्री र मन्त्री बनाउनुभन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाए राम्रो हुने टिप्पणी गरेका छन्।

शनिवार झापामा आयोजित एमालेको जागरण सभालाई सम्बोधन गर्ने क्रममा तीनकुने घटनाका बारेमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘तीनकुनेमा शान्तिपूर्ण सभा गर्छौँ भनेको के को सभा गर्थे । आगजनी, तोडफोड गर्दै, ढुङ्गा मुढा गर्दै, घर फोड्दै, उद्योगधन्दाहरूमा आगो लगाउँदै, अरूका पसलहरू लुट्दै, क्रान्ति गर्ने, खुब ठुला परिवर्तन ल्याउने त रक्सीका बोतल चोर्दै भाग्दै गरेका,’ प्रधानमन्त्री ओलीले भने, ‘स्याउ चोरेर भाग्दै गरेका । औषधी कारखाना आगो लगाउँदै गरेका। यस्ताले बनाउँछन् देश?’

यस्ता पात्रले ‘राजा फर्काएर प्रधानमन्त्री, मन्त्री बनाउने अरे!’ भन्दै उनले कटाक्ष गरे। ‘राजा फर्काउने अरे, राजा फर्काएपछि ती प्रधानमन्त्री, मन्त्री बन्ने अरे। तिनीहरूलाई भन्दा त पशुपतिका बाँदरलाई मन्त्री बनायो भने अलिकति राम्रो हुन्छ’, प्रधानमन्त्री ओलीले भने। तीनकुने घटनाजस्ता हिंसक गतिविधि स्वीकार्य नहुने पनि प्रधानमन्त्री ओलीले बताए।