काठमाडौँ । प्राइम सिएको २१औँ वार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएको छ । नेपालमै ११०० भन्दा बढी विद्यार्थीहरू सीए बनाउन सफल प्राइम सिएले आफ्नो एक्काइसौं वार्षिक उत्सव तथा विद्यार्थी सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको हो । शनिवार एक कार्यक्रमका बीच बूढानीलकण्ठमा रहेको होटल ‘लेमन ट्री प्रिमियर’ मा २०२४ सालमा सिए बन्न सफल विद्यार्थीहरूलाई सम्मान गरेको हो।

सो सम्मान कार्यक्रममा बोल्दै प्राइम सिएका अध्यक्ष सिए नवराज बुर्लाकोटीले प्राइम सिएले आफ्नो २१ वर्षे यात्रामा ११००ं विद्यार्थीहरू सिए बन्न सफल भएको र सन् २०२४ मा मात्र नेपाल बोर्डबाट सिए हुने ११९ जनामध्य ७९ जना प्राइमको विद्यार्थी रहेको बताए
विद्यार्थीहरूको निरन्तर मेहनत र विश्वास, अभिभावकहरूको सहयोग, योग्य कर्मचारीहरू, दक्ष तथा अनुभवी शिक्षक समूहको योगदानबाट सिएको प्रत्येक तहमा प्राइम सिएका विद्यार्थीहरूले हरेक बर्ष सर्वोत्कृष्ट नतिजा हासिल गरेको भन्दै प्राइममा अध्ययन गरी यस वर्षपनि सिए उतीर्ण भएका विद्यार्थीहरु तथा २०२४ सालमा प्रत्येक तहमा र्र्याङ्क होल्डर बन्न सफल विद्यार्थीहरूलाई विशेष सम्मान प्रदान गरिएको संस्थाले जनाएको छ ।
सम्मान कार्यक्रमपछि बोल्दै विद्यार्थीहरुले प्राइम सिएको उच्चस्तरीय शैक्षिक वातावरण, गुणस्तरीय पाठ्यसामग्री, गुणस्तरीय शिक्षा, दक्ष व्यवस्थापन, अनुभवी तथा खारिएका स्रोत व्यक्तिहरूको सही मार्गदर्शनले आफूलाई लक्ष्य प्राप्त गर्न सहज भएको बताए ।
२१ औँ वार्षिक उत्सवको अवसरमा प्राइम सिएले सिए पढ्न चाहने मेहनती, क्षमतावान विद्यार्थीहरुलाई १००५ सम्म छात्रवृत्तिको व्यवस्था गरेको जनाउदै आगामी दिनमा विद्यार्थीहरूको शैक्षिक, व्यावसायिक तथा नेतृत्व विकासका लागि अझ नविनतम शिक्षण सिकाई कार्यक्रमहरु, मूल्याङ्कन पद्धतिहरू, तालिम तथा सेमिनारहरू, फरक फरक क्षेत्रका विज्ञहरूद्वारा अतिथि कक्षाहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
सन् २००४ अर्थात २०६० सालमा स्थापना भएको प्राइम सिए नेपालमै पहिलो पटक सिएका सबै तहका तयारी कक्षा सञ्चालन गर्ने अग्रणी संस्थाको रुपमा परिचित छ।