काठमाडौं । लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ घ्याम्पे खोलामा लेदोसहितको पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो । लेदोको कारण अहिले दुवैतर्फी बाटो अवरुद्ध भएको बागमती प्रदेश ट्राफिक कार्यालयका प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिए ।‘लेदोसहितको पहिरोका कारण बाटो अवरुद्ध भएको छ । पहिरो रोकिएपछि पन्छाउने काम सुरु हुन्छ,’ एसपी सुवेदीले भने ।