लमजुङ । लमजुङमा डुबेर एक बालिकाको मृत्यु भएको छ । सोमबार बिहान जिल्लाको दोर्दी गाउँपालिका–४ नौथरसेरा बस्ने बिष्णु तामाङकी छोरी ५ वर्षीया रश्मी तामाङको घर नजिकै रहेको दोर्दी खोलामा डुबेर मृत्यु भएको हो ।
नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको प्रदेश अस्पताल लमजुङमा थप उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।